सातौं कृषि तीज प्रतियोगिताको ग्राण्ड फिनाले भाद्र १४ गते पोखरामा हुने
पाेखरा | भदौ ७, २०८१
पोखरा: पोखरा टेलिभिजन र कृषि विकास निर्देशनालय पोखराको संयुक्त आयोजनामा आयोजित सातौं कृषि तीज गीत प्रतियोगिताको ग्राण्ड फिनाले भाद्र १४ गते पोखरामा हुने भएको छ ।
गण्डकी प्रदेशका ११ जिल्लाबाट कृषि ज्ञानकेन्द्रले पठाएको जिल्लाको उत्कृष्ट टिमहरु विच पोखरा उद्योग बाणिज्य संघको सभाहलमा ग्राण्ड फिनाले हुने भएको हो ।
प्रदेश स्तरीय प्रतियोगितामा प्रथम हुने जिल्लाले नगद ३५ हजार साथमा प्रमाण पत्र र दित्तिय हुने जिल्लाले २० हजार नगद र प्रमाण पत्र तृतीय हुनेले १० हजार र सान्तवनाले नगद पाँच हजार सहित प्रमाण पत्र प्राप्त गर्ने कार्यक्रम संयोजक घनश्याम पाण्डेयले बताए ।
कल्चर र एग्रिकल्चर संगसंगै अगाडि बढाउने उद्देश्य सहित अहिले आफुहरु सातौं संस्करण सम्म आइपुगेको पाण्डेले बताए ।
कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरूको गीत मार्फत प्रचार प्रसारमा योगदान पु¥याउन प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताले कृषिको महत्व र यसको विविध पक्षहरूको बारेमा जनमानसलाई थप जानकारी दिन मद्दत गर्ने विश्वास गरिएको छ ।
किसानहरूको सफलतासँग सम्बन्धित प्रतियोगिताले अन्य किसानहरूलाई प्रेरितसँगै यसले नयाँ विधिहरू अपनाउन र कृषि उत्पादनमा सुधार ल्याउन उत्प्रेरित गर्ने कृषि विकास निर्देशनालयका महानिर्देशक बासुदेव रेग्मीले बताए ।
अहिले जिल्ला जिल्लामा टिम छनोट भइरहेको कृषि विकास निर्देशनालयका कृषि प्रसार अधिकृत विनोद शर्माले जानकारी दिए ।
कृषि गीत प्रतियोगिताले जिल्ला जिल्लामा कृषक समुहहरुमा उत्साह थपेको उनको भनाई छ ।
प्रतियोगिता सन्देश मुलक हुने भएकोले पनि जिल्लामा धेरै मेहनत गरेर टिम छनोट भइरहेको बताए ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

